×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चको आदेशपछि पनि फोहोर फाल्न स्थानीयको अवरोध

PRIME CA

सर्वोच्चको आदेशपछि पनि फोहोर फाल्न स्थानीयको अवरोध

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले तेस्रो दिन पनि अवरोध जारी राखेका छन् । काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि त्यहाँ पुगेको गाडीलाई स्थानीयले बाटो छेकेर अवरोध गरेका हुन् ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्न नदिने र शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन मंगलबार अन्तरिम आदेश दिएको थियो । त्यसलगत्तै गाउँपालिकाले शुल्क लिने निर्णय तत्कालका लागि स्थगन गरेको थियो । तर, फोहर विर्सजनमा भने स्थानीयले तेस्रो दिन पनि अवरोधलाई जारी राखेका छन् ।

स्थानीयबाट फोहर फाल्न अवरोध गर्दै आएका बेला न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले फोहोर व्यवस्थापन रोकेको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

असार १९ मा ककनी गाउँपालिकाले गाउँसभाबाट फोहोर मैलाको गाडी त्यस क्षेत्रमा प्रवेश गर्दा प्रत्येक पटक शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो । जसमा सानो टिपरको १ हजार रुपैयाँ र ठूलो टिपरको १ हजार ५ सय रुपैयाँ, लिनेगरी शुल्क लगाएको थियो ।

गाउँपालिकाको उक्त निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघ नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । सर्वोच्चले फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ समेत रहेको भन्दै उक्त निर्णयलाई दुवै ऐन विपरित रहेको ठहराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: