काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । चुनावमा भएको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले प्रतिनिधिसभा सांसद थापालाई १५ हजार रुपैयाँ तिराएको हो ।
थापाले बुधबार सामाजिक फेसबुकमार्फत आयोगलाई १५ हजार रुपैयाँ तिरेको जानकारी दिएका छन् ।
‘मैले निर्वाचन आयोगमा मिति २०७९÷०८÷२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर, यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु ।’, थापाले लेखेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’
आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको खर्च विवरण बुझाएर सार्वजनिक नगर्ने २४ सय बढी उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्