काठमाडौं । गुगलले आउँदो डिसेम्बरदेखि दुई वर्षसम्म प्रयोगमा नआएका निष्क्रिय जिमेल अकाउन्टहरु डिलिट गर्ने भएको छ ।
गुगल कम्पनीकाअनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वतस् डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको थियो ।
यद्यपि उक्त समयमा यो नियम अनुसार दुई वर्षसम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटा डिलिट हुने बताइएको थियो । अब भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने जनाइएको छ ।
साथै, यो नियम यो वर्षको डिसेम्बर महिनापछि लागू हुने कम्पनीको भनाइ छ । प्रयोग नगरिएका अकाउन्ट ह्याक हुने सम्भावना बढी हुने भएकाले गुगलले सुरक्षाका लागि निष्क्रिय अकाउन्ट डिलिट गर्ने तयारी गरेको हो । तर डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पूर्वसूचना दिइने गुगलले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्