Skip to content
LAXMI SUNRISE BANK

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९५ हजार ६ सय ८० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK