काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
मंगलबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार ९ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ७७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।