×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रीक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ’

PRIME CA
GLOBAL IME BANK

‘मौद्रीक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ’

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् । नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मौद्रिक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरेका हुन् ।

खास गरी विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी ‘क्रस बोर्डर भुक्तानी’लाई व्यवस्थित गर्न लागिएको गभर्नर अधिकारीको भनाई छ । उनले बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, मौद्रीक नीतिले वैदेशिक मुद्रा भित्र्याउन सहजिकरण गर्ने गरी सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको गभर्नर अधिकारीले बताएका छन् । अनलाईन व्यापार र अनलाईन पेमेन्टलाई प्रोत्साहन गरिदाँ नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्व र योगदान कति भन्ने थाहा हुने भन्दै गर्भनर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औँल्याएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: