×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध, पार्किङ कहाँ गर्ने ? के भन्छन् नगरप्रहरी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध, पार्किङ कहाँ गर्ने ? के भन्छन् नगरप्रहरी ?

Artha Sarokar

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि महानगरले बसन्तपुरको हनुमानढोका परिसरसभित्र सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्रमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए । सोमवारबाट नै सम्पदा क्षेत्रमा
सवारीसाधन निषेध गरिएको र बुधवार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने भुजेलको भनाई छ । सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने भुजेलले बताएका छन् ।

त्यस्तै, अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकल बाहेकका सवारी साधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए । ‘शालिक गेटदेखि यता सम्पदा क्षेत्रभित्र चाहिँ प्रवेश निषेध गरिएको छ ।’, उनले भने, ‘सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ ।’

नगर प्रहरी थापाका अनुसार बुधबार उक्त विषयमा काठमाडौंका मेयर बालेन्द्र शाह र सम्पदा क्षेत्रका अधिकारीबीच थप छलफल हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी