काठमाडौं । मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ । पाइलट चेत गुरुङले उडाएको उक्त हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
हेलिकप्टरमा पाइलट गुरुङसँगै सवार मेक्सिकोका नागरिकहरु फर्नान्डो सिफुग्रेट्स, रिनकल इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जानेक्स र मारिया होजे सिफुन्तेसको मृत्यु भएको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले पुष्टी गरेकी छिन् ।
भौगोलिक अफ्ठ्यारोका कारण मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको ठाउँमा हेलिकप्टर वा अन्य सवारीसाधन पुग्न नसक्ने गाउँपालिका अध्यक्ष कार्कीले बताइन् ।
उता हेलिकप्टर दुर्घटनाका प्रत्यक्षदर्शीले भने हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको बताएका छन् । दुर्घटनामा परेको हेलिकप्टर टुक्रा-टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त क्षेत्रमा उद्धार टोली जाँदैछ ।
हाल दुर्घटना क्षेत्रबाट शव उद्धारको काम चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्