×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनाङ एयरको हेलिकप्टर दुर्घटना, यस्तो छ थप विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनाङ एयरको हेलिकप्टर दुर्घटना, यस्तो छ थप विवरण

Artha Sarokar

२६ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।  मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिकएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले पुष्टी गरिन् ।
हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी