×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रारा हाइड्रोपावरमा सञ्चालकको बदमासी, सेयरका नाममा स्थानीयसँग पैसा उठाएर भागे, ६ महिनादेखि आयोजना अलपत्र !

PRIME CA

रारा हाइड्रोपावरमा सञ्चालकको बदमासी, सेयरका नाममा स्थानीयसँग पैसा उठाएर भागे, ६ महिनादेखि आयोजना अलपत्र !

२२ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रारा हाइड्रोपावर कम्पनीका सञ्चालक स्थानीयको लाखौँ रकम लिएर फरार भएका छन् । दैलेखको पराजुली खोलामा निर्माणाधीन रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीका सञ्चालकहरुले स्थानीयसँग ५० लाख भन्दा बढी रकम संकलन गरेर फरार भएका हुन् ।

कम्पनीका सञ्चालकहरुले स्थानीयसँग सेयरका लागि भन्दै रकम उठाएका थिए । सञ्चालकले ८५ जना स्थानीयबाट सेयरका नाममा ५० लाखभन्दा बढी रकम संकलन गरी फरार भएका हुन् । स्थानीयका अनुसार कम्पनीका सञ्चालकहरुले भर्पाई वा कुनै पनि रसिद बिना नै पैसा उठाएका थिए । ‘अब यत्रो प्रोजेक्ट यहीँ बन्दैछ भने पछि हामीलाई पनि विश्वास लाग्यो ।’, एक स्थानीयले भने, ‘पैसा दिएको–लिएको कुनै पनि भर्पाई वा रसिद पाएका छैनौँ ।’

कम्पनीका सञ्चालकहरुले स्थानीयसँग १ लाखदेखि १० लाखसम्म सेयरका नाममा पैसा असुल गरेको स्थानीयले बताएका छन् । यसो त उक्त हाइड्रोपावरका कारण प्रभावित भएका ६५ घरपरिवार मुआब्जा नपाउँदा बिचल्लीमा परेका छन् । हाल कम्पनीका सञ्चालक तथा कर्मचारीहरु पछिल्लो ६ महिनादेखि हाइड्रो पावर निर्माण स्थलमा काम रोकेर फरार भएका छन् ।

रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पन्नीमा सञ्चालकहरूमा नरसिंह मल्ल, हिमेन्द्र सिलवाल, शंखरलाल वैध र मंगल विश्वकर्मा रहेका छन् ।

यसो त हाइड्रोमा स्थानीयको मौ पैसा फसेको छैन, बरु कामदारहरुले काम गरेबापतको ज्याला समेत पाएका छैनन् । हाइड्रोपावर निर्माणका क्रममा पेस गरेको १३ करोड ८५ लाख रुपैयाँ पनि ६ वर्षदेखी भुक्तानी नपाएको मताप ग्रुप एण्ड कन्स्ट्रक्सनका प्रतिनिधि दीपक शाहीले बताएका छन् । शाहीका अनुसार हाइड्रोपावर निर्माणबापत अझै ८ करोड रकम लिन बाँकी रहेको छ । ठेक्का सम्झौता अनुसार काम सकेर दुई वटा विल मार्फत १३ करोड ८५ लाख पाउनुपर्ने ठेकेदारले पनि ६ वर्षदेखि ८ करोड रुपैयाँ नपाएको शाहीको भनाई छ ।

दैलेखको पराजुली खोलामा २.५ मेगावाट विद्युत् निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले निर्माण थालिएको रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनी ६ वर्षदेखि स्थानीयको रकम ठगेर आयोजनाको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयहरुको उठिबास हुने स्थिति बनेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: