×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्धारा चिनियाँ कम्पनी बिवाईडी मोटर्सको १ खर्ब लगानी प्रस्ताव अस्वीकृत, कारखाना खोल्न नपाउने !

PRIME CA
GLOBAL IME BANK

भारतद्धारा चिनियाँ कम्पनी बिवाईडी मोटर्सको १ खर्ब लगानी प्रस्ताव अस्वीकृत, कारखाना खोल्न नपाउने !

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारत सरकारले चिनियाँ बिवाईडी मोटर्सको उत्पादन कारखाना स्थापना गर्ने प्रस्ताव अस्वीकार गरेको छ ।

चिनियाँ विद्युतीय गाडी बनाउने कम्पनी बिवाईडी मोटर्सले भारतमा १ बिलियन अमेरिकी डलर (१ खर्ब ३१ अर्ब १० करोड ७१ लाख नेपाली रुपैयाँ) लगानीमा आफ्नै विद्युतीय गाडी उत्पादन कारखाना खोल्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेको हो ।

बिवाईडीले भारतको हैदराबादस्थित मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिडेट (एमईआईएल)सँगको साझेदारीमा विद्युतीय गाडी बनाउने कारखाना स्थापना गर्न खोजे पनि प्रस्ताव अस्वीकार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमध्यमका अनुसार खास गरी चिनियाँ कम्पनी स्थापना गर्ने विषयमा भारतीय निकायहरुले सुरक्षाको विषयलाई लिएर पनि प्रश्न उठाएपछि चिनियाँ कम्पनी स्थापनाको प्रस्ताव अस्वीकार गरिएको हो ।

हाल भारतमा बिवाईडीले विद्युतीय एसयूभी अटो थ्रि र विद्युतीय सेडान इसिक्स गाडी बिक्री गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: