×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभाव : ११ महिनामा १२ अर्ब बढीको बीमा पोलिसी सरेन्डर, ‘खानलाउनै धौधौ भईसक्यो, कसरी तिर्नु प्रिमियम ?’

PRIME CA
GLOBAL IME BANK

मन्दीको प्रभाव : ११ महिनामा १२ अर्ब बढीको बीमा पोलिसी सरेन्डर, ‘खानलाउनै धौधौ भईसक्यो, कसरी तिर्नु प्रिमियम ?’

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा बीमा कम्पनीहरुमा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) भएका छन् । जेठसम्ममा जीवन बीमा कम्पनीहरुमा बिमितहरुले १२ अर्ब २ करोड ३१ लाख रुपैयाँ बराबरको ८६ हजार ३८० वटा पोलिसी सरेन्डर गरेको बीमा प्राधिकरणले जनाएको छ ।

जसअनुसार बिमितहरुले चालु आर्थिक वर्षको साउन महिनामा मात्रै १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बीमालेख र मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु सरेन्डर गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै, पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बीमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार चैतमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेख, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमालेख र जेठमा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु बीमितले सरेन्डर गरेका छन् । यसरी ठूलो मात्रामा पोलिसी सरेन्डर हुनुको कारण आर्थिक मन्दी भएको जानकारहरु बताउँछन् । मन्दीका कारण बीमा पोलिसीको रकम तिर्न नसक्ने स्थिति आएपछि बिमितहरुले भकाभक पोलिसी सरेन्डर गर्न थालेका हुन् । ‘खानलाउनै धौधौ भईसक्यो, कसरी तिर्नु प्रिमियम ?’ बीमा पोलिसी सरेन्डर गरेका अधिकांशको तर्क छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: