काठमाडौं । सरकारले काठमाडौंमा जग्गाको मूल्य बढाएको छ । चालु आर्थिक वर्ष २०८० ८१ को जग्गाको न्यूनतम मूल्यांकन गर्दै सरकारले जग्गाको मूल्य बढाएको हो ।
आर्थिक मन्दी र कित्ताकाटमा भएको कडाइले घरजग्गा कारोबार सुस्ताएको अवस्थामा सरकारले भने चालु आर्थिक वर्षको मूल्यांकनमार्फत जग्गाको मूल्य बढाएको हो । योसँगै मालपोत कार्यालयले काठमाडौंमा प्रतिआना ६ लाख २५ हजार रुपैयाँसम्म मूल्य बढाएको छ ।
हालसम्म उपत्यकाको साँखु मालपोट कार्यालयले जग्गाको मूल्य १ लाख ८० हजार रुपैयाँसम्म बढाएको छ । मनमैजु मालपोत कार्यालयले जग्गाको मूल्य प्रतिआना डेढ लाख रुपैयाँसम्म बढाउँदा भक्तपुर मालपोत कार्यालयले प्रतिआना ६ लाख २५ हजार र ललितपुर मालपोत कार्यालयले १ लाख रुपैयाँसम्म वृद्धि गरेका छन् ।
त्यस्तै, कलंकी, डिल्लीबजार र टोखा मालपोत कार्यालयले भने जग्गाको पूरानै मूल्यलाई निरन्तरता दिएका छन् । चावहिल र ललितपुर गोटिखेल मालपोत कार्यालयले भने हालसम्म चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्