×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम छाडेर कानुन व्यवसायी प्रदर्शनमा (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

काम छाडेर कानुन व्यवसायी प्रदर्शनमा (फोटो-कथा)

१८ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार देशभरका कानुन व्यवसायीहरु काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कानुन व्यवसायी माथिको आक्रमण, झुट्टा मुद्दा, आदलतमा भएका विकृति, विसंगति, घुसखोरी र भ्रस्टाचारको विरुद्धमा कानुन व्यवसायीहरुले विरोध सभाको आयोजना गरेका हुन् ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हात हाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसायीआन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: