काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारीसँग अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कार्वाही गरेको छ ।
फुटपाथ खाली गराउने नाममा सडक व्यापारीसँग अमानवीय व्यवहार गर्ने ७ जना करारका नगर प्रहरीलाई काठमाडौं महानगरले कार्वाही गरेको हो । कार्वाहीस्वरुप महानगरले ती नगरप्रहरीलाई जागिरबाटै हटाएको छ ।
त्यस्तै, व्यापारीसँग अमानवीय व्यवहार गरेकै भन्दै थप पाँच जना महानगर प्रहरीलाई निलम्बन गरेको छ ।