×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर गुरु शिव चन्द्रले निर्माण गर्ने फिल्म ‘कोत पर्व’मा सौगात मल्ल अनुवन्धित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर गुरु शिव चन्द्रले निर्माण गर्ने फिल्म ‘कोत पर्व’मा सौगात मल्ल अनुवन्धित

Artha Sarokar

२१ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर गुरु शिव चन्द्रले निर्माण गर्ने फिल्म ‘कोत पर्व’मा सौगात मल्ल अनुवन्धित भएका छन् । मुलुकको ऐतिहासिक राजनीतिक घटना कोतपर्वमाथि निर्माण हुन लागेको फिल्मको शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका हुन् ।

बुधबार ‘कोत पर्व’ फिल्मको निर्माण कम्पनी र अभिनेता मल्लबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मको शीर्षमध्येको भुमिकामा सौगात मल्ल रहने भए पनि उनको पात्रबारे खुलाइएको छैन । फिल्मको अन्य कलाकारहरु तय गर्ने क्रम भने बाँकी नै रहेको फिल्मका निर्देशक रिमेश अधिकारीले बताएका छन् ।

यसो त ‘कोत पर्व’को प्रमुख महिला पात्रमा नम्रता श्रेष्ठको चर्चा छ । तर, फिल्मको मुख्य महिला पात्रमा उनी नै हुन्छिन् वा अरु कोही हुन्छ भन्ने टुंगो लागिसकेको छैन । फिल्मको छायांकन आगामी चैतदेखि सुरु गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार उक्त फिल्मको पटकथा तीन वर्ष लगाएर लेखिएको हो । कथाले जंगबहादुर राणाको उदयको एक महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई चित्रण गर्ने जनाइएको छ ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा सेयर गुरु शिव चन्द्र रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी