काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका हुन् ।
अध्यक्ष ओलीले २०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै युट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।
‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’, ओलीले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्