काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १०० किलो सुन प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो रहेको आशंका गरेका छन् । ओलीले सरकारकै विशेष जिम्मेवारी पाएको व्यक्तिको योजनाबिना यति धेरै सुन भित्र्याउन नसकिने बताएका छन् ।
‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन ।’ उनले भने ‘एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ ।
सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको भन्दै ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनुमा राज्यको संलग्नता देखिएको तर्क गरेका छन् ।
यो प्रकरण लुकाउने प्रयासमा सरकार लागेको भन्दै उनले यो सरकारबाट सुशासनको अपेक्षा गर्नै नसकिने दाबी गरे । एमालेबाट निर्वाचित जनप्रतिनिधिले सम्बन्धको आधारमा गलत काम नर्गन निर्देशन दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्