×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा प्रधानमन्त्रीको जवाफ होइन, राजिनामा चाहिएको होः केपी ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संसदमा प्रधानमन्त्रीको जवाफ होइन, राजिनामा चाहिएको होः केपी ओली

Artha Sarokar

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को जवाफ नभएर राजिनामा चाहिएको बताएका छन् । पत्रकारहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ एमाले अध्यक्ष ओलीले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो । उहाँबाट साह्रै भएन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पटक(पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि प्रचण्ड थप विवादमा तानिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी