काठमाडौं । कुमारी बैंक लिमिटेडले ११.११% को आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा (MSME Loan) योजना ल्याएको छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा बैंक विश्वस्त छ ।
अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्शाहन गर्नका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेछ । यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्