काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखिनै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले यसपाली निश्चित ब्याजदरमा आकर्षक घर कर्जा ल्याएको छ ।
उक्त योजना अनुसार सेवाग्राहिहरुले ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन् । यस घर कर्जा योजनामा पहिलो ७ वर्ष सम्म ब्याजदर निश्चित रहने जनाईएको छ । ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घर र अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।
हाल कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्