×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र माइक्रोफाइनान्स इन्हान्समेन्ट फेसीलिटीबीच व्यावसायिक ऋण सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंक र माइक्रोफाइनान्स इन्हान्समेन्ट फेसीलिटीबीच व्यावसायिक ऋण सम्झौता

Artha Sarokar

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ ।

सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले लक्जमबर्गको ग्रान्ड डचीको कानून अन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (Microfinance Enhancement Facility) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।

सो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट १० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । यस कर्जाको प्रयोग विपन्न वर्ग कर्जा (Deprived Sector Lending) को माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रादान गरि सशक्तिकरण गर्नु रहेको जनाईएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी