×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः प्रहरीले थप २ जनालाई समात्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ललिता निवास प्रकरणः प्रहरीले थप २ जनालाई समात्यो

Artha Sarokar

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय पुनः सतहमा आएको ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । उनीहरुलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताएका छन् ।

ललिता निवासको जग्गा हिनामिना गर्न र व्यक्तिका नाममा पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हालसम्म ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङसहित ९ जना पक्राउ परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी