×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पैसाको मोह’: कामै छोडेर लोकसेवाको तयारी कक्षा पढाउँदै निजामति कर्मचारी, ६० भन्दा बढीसँग स्पष्टीकरण मागियो !

PRIME CA
GLOBAL IME BANK

‘पैसाको मोह’: कामै छोडेर लोकसेवाको तयारी कक्षा पढाउँदै निजामति कर्मचारी, ६० भन्दा बढीसँग स्पष्टीकरण मागियो !

१० श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कार्यालयको कामै छोडेर लोकसेवा आयोगको तयारी कक्षा पढाउने ६० भन्दा बढीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको हो ।

यसअघि अख्तियारमा कार्यालय समयमा कामै छोडेर कर्मचारीहरु लोकसेवाको तयारी कक्षा पढाउन गएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा थप छानबिन गर्न अख्तियारले पठाएको पत्रकै आधारमा कर्मचारीलाई स्पष्टीकरण सोधिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताएका छन् ।

सचिव पुष्करका अनुसार स्पष्टीकरण सोधिएकाहरु अधिकांश राजधानीका विभिन्न इष्टिच्युटहरुमा पढाउने कर्मचारी रहेका छन् । यसरी कर्मचारीहरु कार्यालय समयमै तयारी कक्षा पढाउन हिँडेपछि सेवा प्रवाहमा कठिनाई भएको सेवाग्राहीको गुनासो रहेको छ ।

यसो त विभागीय अनुमति लिएर निजामती कर्मचारीहरुले शैक्षिक र प्राज्ञिक काम गर्न पाउँछन् । तर, अख्तियारवालाको पूर्व स्वीकृतिबिना कार्यालय समयमै तयारी कक्षा पढाउन हिँड्न भने नपाइने मन्त्रालयका सचिव पुष्करले बताएका छन् । उनका अनुसार स्पष्टीकरण सोधिएका कर्मचारीहरुको जवफपछि आवश्यक कार्वाही अघि बढाइनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: