×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेटमणि चौधरी र राष्ट्र बैंकका संचालकलाई साइडमा राखेर अर्थमन्त्री महतले भने -‘मौद्रिक नीति खुकुलो आउनुपर्छ’

PRIME CA

मेटमणि चौधरी र राष्ट्र बैंकका संचालकलाई साइडमा राखेर अर्थमन्त्री महतले भने -‘मौद्रिक नीति खुकुलो आउनुपर्छ’

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो आउनुपर्ने बताएका छन्  । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले यस्तो धारणा राखेका हुन् । मेटमणि चौधरी र राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीलाई साइडमा राखेर उनले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने भएकाले यस विषयमा आफुले राष्ट्र बैंकको नेतृत्वलाई भनिसकेको बताएका छन् ।

घुमाउरो पाराले राष्ट्र बैंकलाई स्वायत्तताका नाममा एकलौटी नगर्न चेतावनी दिंदै अर्थमन्त्रीले अर्थतन्त्रको अवस्था हेरेर मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । ‘यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’ कार्यक्रममा बोल्दै उनले भने ।

व्याजदर अर्थतन्त्र चलायमान हुन दिने अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उनले मौद्रिक नीतिको समिक्षा सोहि अनुसार हुनुपर्ने तर्फसमेत जोड दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: