काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ ६ अर्व ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
कार्यालयले अन्तरशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार रुपैयाँ र आर्यकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली गरिएको जनाएको छ ।
यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ रु ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ छ करोड ३५ हजार रुपैयाँ, घरबाहलतर्फ स्रोतमा रु दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ रु सात हजार मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा वार्षिक लक्ष्यभन्दा करिब रु ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्