×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ, गुणस्तरहीन सिमेन्ट बिक्रीको आरोप !

PRIME CA
GLOBAL IME BANK

मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ, गुणस्तरहीन सिमेन्ट बिक्रीको आरोप !

१७ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ परेका छन् । गुणस्तरहीन सिमेन्ट बिक्री गरेको (आपराधिक विश्वासघात ) मुद्दामा जोशीलाई सप्तरी प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो ।

राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका हुन् । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना भने फरार रहेका छन् ।

राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी(आपराधिक विश्वासघात) मुद्दामा जाहेरी दिएका थिए ।

उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी,प्रबन्ध निर्देशक अनुज राठी,मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी,डिलर सञ्जय साह,सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: