×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारुती सिमेन्ट प्रयोग गरेको ढलान नै भत्किएपछि सञ्चालकविरुद्ध जाहेरी, ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी !

PRIME CA
GLOBAL IME BANK

मारुती सिमेन्ट प्रयोग गरेको ढलान नै भत्किएपछि सञ्चालकविरुद्ध जाहेरी, ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी !

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कमसल सामान बेचेको भन्दै मारुती सिमेन्ट उद्योगका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलियो भन्दै कमसल सामाग्री बेचेको भन्दै प्रहरीमा जाहेरी परेपछि सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

उनीहरुविरुद्ध ठगीसम्बन्धी कसुरमा अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार राठीसहित उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । त्यस्तै, राठीका छोरा (प्रबन्ध निर्देशक) अनुप, मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साह रहेका छन् छन् ।

पक्राउ पूर्जी जारी भएकामध्ये उद्योगका बिजनेस डाइरेक्टर ज्योति शर्मा भने पक्राउ परिसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सप्तरीको राजविराज नगरपालिकाका दिवाकर साहले जाहेरी दिएको प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएका हुन् । पक्राउ पूर्जी जारी भएर फरार रहेकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: