काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो ।
सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ । पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ । उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोध भएपछि प्रशासन दबाबमा परेको थियो ।
कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बाैंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको भनाइ छ । गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको दाबी छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्