काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत ६.५ प्रतिशत बनाउने घोषणा गरेको छ ।
तर, राष्ट्र बैंकले मौद्रिक नीतिमा सिलिङ रेट भने परिवर्तन गरेको छैन । यद्यपी फ्लोर रेट (निक्षेप संकलन दर) ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । यसअघि १८ फागुन २०७८ मा विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै राष्ट्र बैंकले नीतिगत दर ह्वात्तै बढाएको थियो ।
तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको भन्दै राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको हो । तर, नीतिगत दर घटे पनि कर्जाको ब्याजदरमा भने तत्काल कुनै असर नगर्ने जानकारहरु बताउँछन् । यदपी राष्ट्र बैंकले नीतिगत दर घटाउँदै निक्षेप र कर्जाको ब्याजदर घटाउनु पर्ने संकेत गरेकाले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाउँदै जाने र त्यसले क्रमश कर्जाको ब्याजदर पनि घट्ने संकेत देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्