काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित मिटरब्याज पीडितको धर्नास्थलमा पुगेका गृहमन्त्री श्रेष्ठले कुनै हालतमा मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका हुन् ।
‘विधेयक संसदमा छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ ।’, उनले भने ‘ढुक्कसँग घरमा गएर आयोगको प्रक्रियामा जानुहोला । विधेयक पारित गर्ने काम हामी गर्छौं ।’
अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले गृहमन्त्रीले पीडितलाई ढुक्क हुन आग्रह गरेका छन् । यतिसम्म कि ऋण दिनेहरुको रकमको ब्याजसहित फिर्ता दिइने गृहमन्त्रीले आवश्वासन दिएका छन् ।
‘जति ऋण दिइएको छ, न्यायोचित ब्याजसहित फिर्ता पाउनेछन् । उनीहरुलाई अन्याय गर्ने भनेका छैनौं ।’ उनले भने, ‘तर ५ लाख ऋण दिएर ५० लाखको तमसुक बनाउने, दिएको भन्दा दोब्बर तेब्बर पैसा लिने, घरजग्गा पनि रजिष्ट्रेशन पास गरेर लिने । यो अपराधलाई छुट दिन सकिन्न ।’
अनुचित लेनदेनसम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रस्तिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछि निस्क्रिय भएसंगै मिटर ब्याज पीडितहरुले संसद भवन अगाडि भर्ना दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्