Skip to content
LAXMI SUNRISE BANK

नक्कली नोटहरुको कारोबार गर्ने व्यक्ति पक्राउ, ८० हजार नक्कली नोट बरामद

अर्थ सरोकार

काठमाडौं । नक्कली नोटहरुको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला मकवानपुर गढी नगरपालिका वडा नं. १ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ४ इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जन पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कलि नोटहरुको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई आसर १५ गते इमाडोलबाट पक्राउ गरेको हो ।
भोम्जनको साथबाट ५०० दरका १६० थान गरी ८० हजार बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि लागी जिल्ला प्रहरी परिसर, ललितपुर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK