×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको प्रभाव: साताको पहिलो दिनमै सेयर बजार ६३ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब माथि !

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीतिको प्रभाव: साताको पहिलो दिनमै सेयर बजार ६३ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब माथि !

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ३७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ८१ लाख ५९ हजार ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा किसान लघुवित्त वित्तीय संस्था, चन्द्रगिरी हिल्स्, लिबर्टी इनर्जी कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा विशाल बजार कम्पनी, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैक र सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ८१ लाख ५९ हजार ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंक, एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, हिमालयन लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नबिल बैंक, प्रभु बैंक र चन्द्रगिरी हिल्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यस सँगै ८.५५ नेपाल बैंक डिबिन्चर२०८७, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड(२, शुभम् पापर लिमिटेड र ग्लोबल आईएमइलघुवित्त वित्तीय संस्थामा पनि गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: