×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको नाफामा ४२ प्रतिशतको बढोत्तरी, ईपीएस २ रुपैयाँ २ पैसाले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

GLOBAL IME BANK

निफ्राको नाफामा ४२ प्रतिशतको बढोत्तरी, ईपीएस २ रुपैयाँ २ पैसाले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.७१ प्रतिशत बढी नाफा आर्जन गरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षमा निफ्राले १ अर्ब २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

निफ्राले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: