×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु

PRIME CA
GLOBAL IME BANK

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत कारोबार सुरु भएको छ । यस सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले प्रस्ताव पारित गरेको थियो ।

प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ ।

प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेको थियो । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ अनुसार कारोबार सुरु भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: