काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।
अफरमा ग्राहकहरुले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि: शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंकको विश्वास रहेको छ । सो अफर श्रावण मसान्त सम्म लागु हुने बैंकले जनाएको छ ।
साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्