×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्सको लाइसेन्स परीक्षा: प्रश्नपत्र मेसेन्जर ग्रुपबाट लिक, उत्तर आएपछि भकाभक चिट ! अन्तत: ३ जनाको हातमा हतकडी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नर्सको लाइसेन्स परीक्षा: प्रश्नपत्र मेसेन्जर ग्रुपबाट लिक, उत्तर आएपछि भकाभक चिट ! अन्तत: ३ जनाको हातमा हतकडी

Artha Sarokar

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र पैसा खाएर लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ छन् । त्यस्तै, अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।

शनिबार ९ बजेदेखि साढे ११ बजेसम्म बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको नाम दर्ता परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेका थिए । त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए । प्रहरीले परीक्षार्थीका मोबाइल पनि बरामद गरेको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी