×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानका एटिएममा नगद अभाव, आर्थिक संकट थप चुलिएपछि जनजीवन कष्ठकर बन्दै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पाकिस्तानका एटिएममा नगद अभाव, आर्थिक संकट थप चुलिएपछि जनजीवन कष्ठकर बन्दै !

Artha Sarokar

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पाकिस्तानका एटिएम मेसिनमा नगद सकिन थालेको छ । बैंकको एटिएममा नगद अभाव हुन थालेपछि पाकिस्तानको कराँचीका बासिन्दाहरूले नगद संकटको सामना गर्नुपरेको छ । आर्थिक सकट चुलिएपछि बैंकले विभिन्‍न स्थानमा राखेका स्वचालित टेलर मेसिनहरू (एटिएमहरू)मा नगदको अभाव हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।

पाकिस्तानमा नगद नहुँदा धेरै बैंकहरुले एटिएम सेवा बन्द नै गरेका छन् । ‘धेरै बैंकका एटीएमहरू बन्द छन् । बिहानदेखि धेरै पटक एटीएममा पुगेका छौँ तर नगद छैन ।’, पाकिस्तानका स्थानीयले भने ।

पाकिस्तानका अधिकांश बैंकका एटीएमहरूले हाल काम गरिरहेका छैनन् । लामो समयदेखि एटिएम मेसिनले काम नै गर्न छोडेपछि एटिएममा पैसा सकिएको बताइएको छ । इद सकिएपछि त्यसको खर्च तीर्नका लागि मानिसहरु नगद झिक्‍न एटिएम पुग्दा यस्तो समस्या देखिएको हो । पाकिस्तानमा पछिल्लो लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको छ । राजनीतिक अस्थिरता, दंगा तथा कोरोना महामारीपछिको स्थितिबाट पाकिस्तान माथि उठ्न सकेको छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी