काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उपभोक्ता समितिको साढे ६ लाख रुपैयाँ चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ चोरेर फरार भएको भन्ने उजुरीका आधारमा वडा अध्यक्ष विष्टसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक (डिएसपी) लक्ष्मण शाहीले बताएका छन् । डिएसपी शाहीका अनुसार विष्टसहित पक्राउ पर्नेमा सुनील गुरुङ र बलिराज शाही रहेका छन् ।
उनीहरुले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको प्रहरीमा परेको उजुरीमा उल्लेख गरिएको छ । यसरी लगिएको रकममध्ये २ लाख रुपैयाँ वडा अध्यक्षलाई बुझाएको उनीहरुले स्वीकारेका छन् । प्रहरीका अनुसार उनीहरुले बिहीबार दिउँसो टोल समिति अध्यक्षको घरबाट रकम लिएका थिए ।
वडा अध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्