×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसुरमा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

Artha Sarokar

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । यादवलाई प्रहरीले बैंकिङ कसुर मुद्धामा पक्राउ गरेको हो ।

उनले गत माघ १० गते रपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवका नाममा तत्कालीन बैंक अफ काठमाण्डूको १२ लाख २८ हजार रपैयाँको चेक दिएका थिए । तर, उक्त चेक बाउन्स भएपछि पूर्वमन्त्रीसमेत रहेका यादवविरुद्ध बैंकिङ कसुरको मुद्धा दर्ता भएको थियो ।

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही पक्राउ पूर्जीका आधारमा बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट यादवलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जनाएका छन् ।

लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी