×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली मुद्रा र नक्कली सुनसहित काठमाडौंबाट दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नक्कली मुद्रा र नक्कली सुनसहित काठमाडौंबाट दुई जना पक्राउ

Artha Sarokar

२ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नक्कली मुद्रा र नक्कली सुनको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३ बसुन्धराको विभिन्न स्थानबाट नक्कली मुद्रा तथा सुनको अवैध कारोबार गर्ने दुई जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाँउ पालिका वडा नं. १० घर भएका ४८ वर्षे दुर्गा बहादुर खत्री क्षेत्री र भारत लखनउ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १० बस्ने ४५ वर्षे विनय कुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

अवैध कारोबार भएको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बसुन्धाराबाट उनिहरुलाई पक्राउ गरेको हो । नक्कली नेपाली र भारतीय मुद्रा फेला पारी सोध पुछ गरी का.जि. नागार्जुन न.पा. वडा नं. २ सानोभ¥याङ स्थितमा रहेको दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुन सहितका सामान फेला पारेको हो ।

उनीहरुको साथबाट २ हजार दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट ४ थान, १ हजार दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट ६ थान, ५ सय दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट ४ थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, १ किलो फाइन गोल्ड लेखिएको सुनजस्तो पहेलो धातु २ थान, १० ग्राम फाइन गोल्ड ९९९.९ लेखिएको पहेँलो धातुको प्याकेट २ सय थान, १० ग्रामको सोही प्रकृतिको प्याकेट २० थानका साथै सो धातुको टुक्रा राख्न प्रयोग गरिने प्लास्टिकको पत्ता १ सय थान फेला परेको बताइएको छ । उनीहरुको साथबाट बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सी.सीको पल्सर मोटरसाइकल १ थान, लेमिनेसन मेसिन १ थान र मोबाइल २ थानसमेत बरामद भएको छ । उनिहरुमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडांै जिल्ला अदालतबाट ४ दिनको म्याद लिई अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी