×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलद्वारा ‘लोयल्टी एण्ड रिफ्रल टिकटक’ प्रतियोगिता संचालन, विजेताले १० हजार पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु क्यापिटलद्वारा ‘लोयल्टी एण्ड रिफ्रल टिकटक’ प्रतियोगिता संचालन, विजेताले १० हजार पाउने

Artha Sarokar

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटलले ‘लोयल्टी एण्ड रिफ्रल टिकटक’ प्रतियोगिता संचालनमा ल्याएको छ ।

मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै Loyalty Points Offer साथै Referral scheme लन्च गरेको हो । यो योजना श्रावण मसान्त सम्म संचालन हुने बैंकले जनाएको छ ।

टिकटक प्रतियोगिता अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटकमा राखिएको जिङ्गलको original sound मा टिकटक बनाई Hashtag #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको दावी गरेको छ । Loyalty Points Offer तथा Referral scheme को बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी