काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । सेयर मूल्यमा प्रभाव पार्ने सुचना लुकाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गर्दै तीन दिने स्पष्टिकरणसमेत सोधेको छ ।
कम्पनीले असार २७ गते सञ्चालक समितिको बैठक बसी हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेको र त्यसको जानकारी नेप्सेलाई साउन ४ गते मात्रै उपलब्ध गराएको नेप्सेले सोधेको स्पष्टिकरणमा उल्लेख छ । कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमा नदिएपछि नेप्सेले पत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ (१) (ख) को व्यवस्था अनुसार कारोबार रोक्का गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्