×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकार गम्भीर छ’ : प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकार गम्भीर छ’ : प्रधानमन्त्री

Artha Sarokar

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयबारे सरकार गम्भीर भएर लाग्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल इञ्जिनियर एशोसिएसनको ६१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इन्जिनियर्सहरुका समस्याका साथै भौतिक पूर्वाधारको विकास बारेमा देखिएका सम्स्याको समाधान गर्न आफू प्रतिवद्ध रहेको बताएका थिए ।

त्यस्तै, उनले पूर्वाधार विकास क्षेत्रमा देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन संशोधन गम्भीर रुपमा छलपफल गरेर छिट्टै निष्कर्षमा पुग्ने बताए । उनले बुधबारको मन्त्रिपरिषद्को बैठकमा समेत भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा छलफल गरेको जानकारी गराउँदै भने, ‘आज विहानको मन्त्रिपरिषद्को बैठकमा इन्जिनियर्सहरुका समस्या र भौतिक पूर्वाधार विकासका समस्याबारे, सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विषयबारे र प्राविधिक त्रुटिसंग संबन्धित विषय तथा इन्जिनियर्सहरुको न्युनतम पारिश्रमिकको विषयमा गम्भिरतापूर्वक छलफल गरेर हामी छिट्टै एउटा महत्वपूर्ण निर्णय गर्न जाँदैछौं ।’

विकास र पूर्वाधार विना आर्थिक उन्नति सम्भव नरहेको बताएका उनले एशोसिएसनले यो वर्षको लागि तय गरेको नारा समेत समसामयिक रहेको टिप्पणी गरे । त्यस्तै उनले सरकारसँग कम स्रोत रहेकाले निजी क्षेत्रलाई लगानी बढाउन आवहन गरे । दाहालले हरेक क्षेत्रको गुणात्मक विकास र प्रबर्द्धनका लागि आफू लागिपरेको चर्चा गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी