काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उत्साहजनक रहेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले यसपालीको मौद्रिक नीति विगतको भन्दा उत्साहजनक रहेको बताएकी हुन् ।
‘नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति साबिकका वर्षहरुको भन्दा केही उत्साहजनक रहेको पाइयो ।’, उनले लेखेकी छिन्, ‘विशेष गरी सेयर धितो कर्जाको ‘जोखिमभारलाई पुनरावलोकन गरिने छ’ भनिएको छ, यसले बजारमा उत्साह ल्याउने देखिन्छ ।’
त्यस्तै, उनले यसपालीको मौद्रिक नीतिले विगत दुई वर्षदेखि घटिरहेको सेयर बजारमा मल्हमपट्टीको काम गर्नेमा विश्वास व्यक्त गरेकी छिन् । ‘बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आवको मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौँ ।’, उनले लेखेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्