×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिको उपचारमा खर्च भएको ५५ लाख सरकारले बेहोर्ने, अस्पतालमा ७ र भाडामात्रै ३९ लाख रुपैयाँ खर्च !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रपतिको उपचारमा खर्च भएको ५५ लाख सरकारले बेहोर्ने, अस्पतालमा ७ र भाडामात्रै ३९ लाख रुपैयाँ खर्च !

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले मुटुमा समस्या देखिएपछि उपचारका लागि भारत पुगेका राष्ट्रपति पौडेलको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो ।

उपचारका लागि भारत जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको उपचार खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा खर्च भएको कुल ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने भएको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा एयर एम्बुलेन्सको खर्चमात्रै ३३ लाख रुपैयाँ रहेको छ । उनको उपचारमा दिल्लीमा ७ लाख रुपैयाँ र फर्किदा करिब ६ लाख रुपैयाँ खर्च भएको देखिएको छ ।

यसअघि उपचारका लागि राष्ट्रपति उपचारका लागि भारत गएसँगै चर्को आलोचना भएपछि आफ्नो उपचारका लागेको खर्च राष्ट्रपति स्वयम् आफैले तिर्न चाहेको भन्दै प्रेस नोट जारी गरिएको थियो । तर, अन्ततः राष्ट्रपतिको उपचारका लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी