×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार ढल्ने कुनै सम्भावना छैन’ : मन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सरकार ढल्ने कुनै सम्भावना छैन’ : मन्त्री शर्मा

Artha Sarokar

२२ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन् ‘गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।’

संसद बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरिन् । उनले जसरी पनि मिटर ब्याज पीडितलाई न्याय दिएरै छोड्ने समेत प्रतिवद्धता जाहेर गरिन् । ‘प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारेपनि मिटर व्याज पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छ । विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौं’ मन्त्री शर्माले भनिन् ।

सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कठाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले भनिन् । उनले सरकारका कदमबाट कसैको टाउको दुखेको समेत बताइन् । ‘सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । नागरिकताविहीनहरुले नागरिकता पाइरहेका छन् । निजामति सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ ।’ मन्त्री शर्माले भनिन् ।

संचारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहिँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी