×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

११ महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

Artha Sarokar

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो ।

त्यस्तै, चालु आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५९ हजार ४ सय १५ जना पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या ४६.६ प्रतिशतले बढेको हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशत रहेको संख्या बढेर अहिले २ लाख ६० हजार २६२ जना पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी