×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतफिर्ताको माग गर्दै आन्दोनमा उत्रिएका सहकारी पीडितमाथि प्रहरीको दमन… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बचतफिर्ताको माग गर्दै आन्दोनमा उत्रिएका सहकारी पीडितमाथि प्रहरीको दमन… (फोटो-कथा)

Artha Sarokar

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको सावाँ ब्याजसहित रकम अबिलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत प्रदर्शन गरेका छन् ।

आइतबार विहान माइतीघरबाट सुरु गरेको प्रदर्शनमा उनीहरुले ‘भ्रष्ट संचालक समितिलाई कारवाही गर’, ‘नेपाल सरकार पीडितलाई न्याय दे’ लगायतका विभिन्न नारा लगाउँदै जुलुस सहित सिंहदरबार प्रवेश गर्ने किसिस गरेका थिए । उनीहरुको उक्त प्रयास रोक्न प्रहरीले बल प्रयोग गरेको थियो । बिजुलीबजारबाट सिंहदरबार घेराउ गर्न जाने प्रयासमा रहेका कतिपयलाई प्रहरीले हनुमानथानमा नै रोकेको थियो ।

साथै, कतिपयलाई पक्राउ गरेर प्रहरी वृत्त अनामनगर लागिएको छ । सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समितिले गरेको प्रदर्शनमा बाक्लो संख्यामा उपस्थित प्रदर्शनकारी र प्रदर्शनका कारण बिजुलीबजार अनामनगर लगायतका मुख्य सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । बाँकि तस्विरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी