Skip to content
LAXMI SUNRISE BANK

गोरखामा सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । आम नागरिकको वित्तीय पहुँच वृद्धि गर्नका लागि बैंकले नियमित रुपमा वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको गोरखाको घ्याम्पेसाल, गोरखा र छेपेटार शाखाले संयुक्त रुपमा वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक अभियान गर्दै आएका हुन् । जुन अभियानको मुख्य उद्धेश्य आम नागरिकहरुलाई वित्तीय, आर्थिक, बैंकिङ सम्बन्त्री ज्ञान अभिवृद्धि गराई सो सम्बन्धी उपयोग, सदुपयोग, परिचालन, वितरण र तत् सम्बन्त्री मुलुकको प्रचलित नीतिगत व्यवस्था सम्बन्धी जानकारी दिनु र सुचित गराउनु रहेको अभियानका संयोजक बैंकको गोरखा शाखाका ब्रान्च मेनेजर सन्दिप श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार हालसम्म उक्त अभियानमा भिडियो सामाग्रीहरुमार्फत वित्तीय सचेतना प्रवद्र्धन गरिँदै आएको छ । तर, आगामी दिनमा निश्चित क्षेत्र, समुह र वर्गलाई केन्द्रित गर्दै भौतिक रुपमा पनि थप प्रभावकारी रुपमा सचेतना अभियाना चलाउने अभियानका संयोजक श्रेष्ठले बताएका छन् । ‘हाल हामिले भिडियो सामाग्रीका माध्यमबाट सेचतना फैलाउने काम गरिरहेका छौँ ।’, उनले भने, ‘आगामी दिनमा थप प्रभावकारी रुपमा यो अभियानलाई निरन्तरता दिन्छौँ ।’

त्यस्तै, उनले आफूहरु नितान्त मुलुकको आर्थिक स्थायित्व, आर्थिक क्षेत्रको दिगो बिकास, मौद्रिक व्यवस्थापन लगायत वित्तीय क्षेत्रको विश्वासलाई दिगो बनाई सरल, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकास गर्न निरन्तर कटिबद्ध रहेको बताएका छन् । हाल केन्द्रिय बैंकले डिजिटल भुक्तानीलाई मुख्य जोड दिएको र त्यसको निरन्तरता, प्रबर्धन गर्न आफूहरु सँधै तत्पर र अग्रसर रहने श्रेष्ठको भनाई रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK